नेपालमा खोप लगाएका व्यक्तिमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास

by समतल अनलाइन

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन अन्तिमसम्म गरेको ‘सेरोप्रिभ्यालेनस’ सर्वेक्षणमा पहिलो डोज खोप लगाएकाहरूमा ८० प्रतिशत र दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’ देखिएको हो ।

मन्त्रालयका अनुसार कोभिड महामारी शुरु भएयता दोस्रो पटक देशभरबाट प्रतिनिधित्व गरी १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । सर्वेक्षणको प्रारम्भिक नतिजामा ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखाएको थियो । सर्वेक्षणमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहर तथा सबै उमेर र लिङ्गका व्यक्तिहरूमा समान रूपमा ‘एन्टिबडी’ देखिएको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like