लुम्बिनीको योजना आयोगको उपाध्यक्षमा बुटवलका घिमिरे

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगका उपाध्यक्षमा बुटवल ८ रुपन्देहीका बामदेब क्षेत्री घिमिरे चयन भएका छन् । आईतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई उपाध्यक्षमा चयन गरेको हो। माओबादी केन्द्रका केन्द्रीय सदस्य रहेको घिमिरे आयोगको उपाध्यक्षमा चयन भएका हुन्।

आयोगमा २ जना सदस्य समेत मानोनित गरिएको छ । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले २ जना सदस्य समेत चयन गरिएको जानकारी दिए। आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलबस्तुका शिव पुजन यादब चयन भएका हुन्।

यस्तै बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समिति समेत गठन गरेको छ । जसको सदस्यमा कपिलबस्तुका बर्मानन्द उपाध्याय, रुकमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् ।

बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्ने भएको छ । आजको बैठकले भदौ मसान्त र असोज १५ गरि २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।

 
 
  
 

You may also like