अर्घाखाँची नरपानी दुर्घटना : श्रीमान् श्रीमातीसहित एकै परिवारका तीन जनाको मृत्यु

by समतल अनलाइन

सन्धिखर्क । कपिलवस्तुको कृष्णनगरवाट अर्घाखाँचीको सन्धिखर्क आउदैगरेको लु १ ज ४३२९ नं.को रातो रंगको बलेरो सवारी जिप अर्घाखाँची जिल्लाको नरपानीमा भएको जीप दुर्घटनामा श्रीमान् श्रीमातीसहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। उनीहरूका दुई छोरी सहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यू हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उनकी श्रीमति वर्ष ४६ की श्यामकला खनाल, वाङला सिउडेनीबाट कपिलवस्तु बुद्धभुमी गोरुसिंगे बसाई सराँई गरेका बर्ष २४ का दिलिप अधिकारी रहेका छन् ।

लंका यातायात प्रालिको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो। ६ जना घाइते भएका हुन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सिमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ को आदित्य रेग्मी, लमही ५ दाङ्गका वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ को विरेन्द्र श्रेष्ठ (चालक), लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाइते भएका छन् ।

घाईतेहरुमध्ये अनिता खनाल, विरेन्द्र श्रेष्ठ (चालक), उमेश रेग्मी, विन्दु खनाललाई सन्धिखर्क अस्पतालवाट भैरहवा मेडिकल कलेजका रिफर गरिएको छ भने अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ। गाडी ब्रेक फेल भएर दुर्घटना भएको चालक वीरेन्द्र श्रेष्ठले बताए ।

घटनस्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रकाश विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक माधव रेग्मी सहितको टोलीले उद्दार गरेको हो।

जिल्ला अस्पतालमा ल्याइएका घाइतेको उपचार पछि ४ जनालाइ रिफर गरिएको छ। सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रदेश सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे र सन्धिखर्कका नगर उपप्रमुख ठाकुर कुमार बिक सहितको टोलीको सक्रियतामा रिफर गरिएको थियो ।

 
 
  
 

You may also like