बुटवलमा २ दिने नेतृत्व विकास तालिम सम्पन्न

बुटवल । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिक का लागि बुटवलमा २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । ‘ मेरो काम,मेरो अधिकार’ नारासहित बुटवलमा युवा महिलाहरु श्रमिकहरुका लागि २ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको हो ।

महिलाका निम्ति महिला मञ्च नेपालको आयोजनामा सम्पन्न जिल्लास्तरी तालिममा रुपन्देहीका १७ जना श्रमिक महिलाहरु को सहभागिता रहेको थियो भने । सोमबार र मंगलबार आयोजित तालिममा आयोजक महिला मञ्चकी संयोजक पूजा चौधरी र पुनम पाल्पालीले प्रशिक्षण गराएका थिए । तालिममा महिलाहरुको सीप,लैङ्गिक हिंसा तथा भेद्भाव,आत्मििनर्भरता लगाएतका विषयमा प्रशिक्षण गरिएको तालिमकी प्रशिक्षक पूजा चौधरीले बताइन् । मंगलबार तालिमको समापन गर्दै प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

कार्यक्रम महिलाका निम्ति महिला मञ्च नेपाल अन्तर्गतको पहिचान सञ्जालकी केन्द्रिय संयोजक विष्णु श्रीपालीको संयोजकत्वमा बुटवल उपमहानगर पालिका वडा नम्बर ८ कि वडा सदस्य दिपा सुनार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल का केन्द्रीय सदस्य दिपक गरौजा हिमचुली दोहोरी साझ का संचालक रेशम थापा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश का दित्तिय उपाध्यक्ष नारायण बि.पि सामुदायिक रेडियो मुक्ति कि स्टेसनम्यानेजर तथा कदम नेपाल कि सदस्य कल्पना तिवारि को आतिथ्यता सम्पन्न भएको थियो । सञ्जालले दोहोरी साँझ,डान्सबार , मसाज सेन्टर , खाजा घर,रेष्टूरेण्ट लगाएत मनोरञ्जन क्षेत्रका महिलाहरुको हकहित ,संरक्षण र प्रवद्र्धनका क्षेत्रमा काम गर्ने श्रीपालीले बताइन् । सोही अवसरमा शकुन्तला गैरेको संयोजकत्वमा बुटवल सञ्जाल गठन गरिएको छ । जसको उपसंयोजकमा बबिता क्षेत्री,सचिवमा आरती रुचाल सदस्य हरु बबिता बोहोरो,सुनिता बि.सि,बबिता मगर,बर्षा थापा गरि ७ सदस्यीय कार्यसमिति रहेको छ ।

 
 
  
 

You may also like