नेपालमा पहिलो पटक “नेपाल मिडिया अवार्ड” हुने

बुटवल । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड–२०७८’ आयोजना हुने भएको छ । गत वर्ष ‘नेफ्टा फिल्म अवार्ड’को सह–आयोजक रहेको ड्रिम हाई नेपालले मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।
आयोजक संस्थाका निर्देशक कमल जिसीले मिडियाका विविध स्वरुप र विधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको बताए । अवार्ड आगामी मंसीरमा गरिनेछ ।

आयोजकका अनुसार ‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिनेछ ।
मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाको भनाइ छ ।
तीन वर्षअघि स्थापना भएको ड्रिम हाई नेपालले यसअघि सांगीतिक समुह नेपथ्यको लाइभ कन्सर्ट, अभिनेता अनमोल केसीको कन्सर्ट तथा नेफ्टा फिल्म अवार्ड जस्ता ठूला समारोहहरु आयोजना गरिसकेको छ ।

 
 
  
 

You may also like