इन्टेलेक्च्युअल स्कुल बुटवलमा भर्चुअल कविता प्रतियोगिता

बुटवल। १५ इन्टलेक्चुअल एकेडेमी बुटवल ११ कालिकानगरले , “भर्चुअल कविता वाचन ” प्रतियोगिता सम्पन्न भएको छ ।बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारीको संयोजकत्वमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ प्राथमिक ,निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरिएको थियो साथै कार्यक्रम छनोट चरण (बिहिवार) र फाइनल चरण (शुक्रबार ) गरि दुई चरणमा सप्पन्न गरियो ।

बिहिवार भएको छनोट चरणमा १ सय ५० बिद्यार्थीहरुले भाग लिएका थिए जसमध्ये बाट माध्यमिक तहमा ३0 जना , निम्नमाध्यमिक तहमा २0 र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए ।फाइनल चरणमा प्रवेश गरेका विद्यार्थीहरुले भर्चुअल माध्यमबाट शुक्रबार भएको फाइनल चरणमा आफ्नो कविता वाचन गरेका थिए ।जसमा माध्यमिक तह बाट क्रमस प्रथम शुशिला पान्डे कक्षा ९ द्वितीय , शौरभ खनाल कक्षा १० तृतीय, रिना रिजाल कक्षा १० र शान्त्वनामा बर्षा पोख्रेल कक्षा ९ र निस्चल पान्डे कक्षा ८ रहेका छन भने निम्न माध्यमिक तह बाट क्रमश प्रथम बिनय पोख्रेल (६) , द्वितीय सुजल पौडेल (७) र आशिका पोख्रेल (५) , तृतीय मन्दिपा पन्थी(५) र इप्सा गौतम (६) भएका थिए र प्राथमिक तहमा प्रथम कृतिका पौडेल (४) ,द्वितीय शैली देबकोटा (३) र तृतीय दीक्षा भट्टराई (२) भएका थिए ।

भने बिधालयले पुर्ब प्राथमिक तहका बिद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ ।कार्यक्रममा आफ्ना मन्तब्य राख्दै बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारिले भर्चुअल माध्यम बाट भएपनी अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताउनु भएको थियो ।कार्यक्रममा माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा बिकास पान्डे र प्राथमिक तहमा जिना खड्किले कार्यक्रम संचालन गर्नुभएको थियो भने निर्णायकको भुमिका शोभा देबकोटा , राजु कुवर ,मन्जु गौतम र सुस्मा देबकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा बिजयी बिद्यार्थीहरुलाइ बिधालयले पुरस्कृत गर्ने जनाएको छ ।

 
 
  
 

You may also like