टोकियो ओलम्पिक : नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं। टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले आज (मंगलबार) प्रतिस्पर्धा गर्दैछन् ।

एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिट वानमा एलेक्स छैटौँ लेनमा रहेका छन् ।

एलेक्स रहेको हिट वानमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्यान्डका खेलाडी रहेका छन् । पौडीकै गौरिका सिंहले भोलि खेल्दै छिन् । गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन् ।

 
 
  
 

You may also like