२०७८ साउन १२ गते मंगलबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज भने कसै सैलाई परदेशी घर फर्कने र घर परिवारमा र रमाइलो वातावरण छाउने छ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनमा शान्ति छाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिना मसिना काममा धेरै समय खर्चनु पर्नेछ, शेयर बजारको लगानीमा पनि कमी आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरमा नाता कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारको लगानीले राम्रै फाइदा देला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी ÷ प्रेमिकाका बीच खिन्नता बढ्नेछ, तर धार्मिक र सामाजिक काममा सरिक भइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like