संघीयता र धर्मनिरपेक्षताबारे अध्यक्ष मिश्रको प्रस्तावप्रति संयोजक पाण्डेको असहमति

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने भन्दै राखेको प्रस्तावमा उनकै पार्टीका संयोजक मिलन पाण्डेले असहमति जनाएका छन् ।

आन्दोलनका उपलब्धि रक्षा र संविधान पालनामा विवेकशील साझा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै संयोजक पाण्डेल अध्यक्ष मिश्रका विचार ‘नितान्त व्यक्तिगत’ भएको बताएका हुन् ।

‘घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ संयोजक पाण्डेले भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन् ।’

 
 
  
 

You may also like