गायक तथा सञ्चारकर्मी डिल्ली नारायण पाण्डेको तिज गित ‘माया जालैमा’ सार्वजनिक

बुटवल । गायक तथा सञ्चारकर्मी डिल्ली नारायण पाण्डेको नया तिज गित सार्वजनिक भएको छ । हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् ।

यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न व्यस्त छन् । बुलबुल मिडिया प्रालि मार्फत् सार्वजनिक भएको ‘माया जालैमा’ रहेको छ ।
गीतमा गायक पाण्डेसंगै गायिका चेतना थापाले आवाज दिएकी छन् । गीतमा माया प्रेमका शब्दभावहरु समाबेश भएका छन् । पुरानो मौलीक संस्कृतिलाई सम्क्षण गरौं भन्ने मुख्य सन्देश गीतमा रहेको छ ।
बुटवलका बिभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको छायांकन मनिष पन्थले गरेका छन् । नृत्य निर्देशन लोकेन्द्र शाहले र अभिनय शुमन र रस्मीको रहेको छ ।

भिडियो :

 
 
  
 

You may also like