लियो क्लब बुटवलको एम.सी. तथा प्रोग्राम म्यानेजमेन्ट तालीम सम्पन्न

बुटवल । पश्चिम क्षेत्रको पुरानो तथा चर्चित क्लब लियो क्लब अफ बुटवलले शनिबार कार्यक्रम सन्चालन तथा प्रोग्राम म्यानेजमेन्ट सम्बन्धि तालीम सम्पन्न गरेको छ । केहि समय अघि रक्तदान कार्यक्रम सम्पन्न गरेको क्लबले बार्षीक कार्यतालीका अन्र्तरगत आफ्ना कार्यक्रमहरुलाइ प्रभाबकारी ढङगले सन्चालन गर्न तालीमको ब्यबस्था गरेको क्लबका अध्यक्ष रमेश न्यौपानेले जानकारी दिए ।
लियो एड्भाइजरी पेनलिस्ट कन्स्सीच्युटनल एरिया लायन सन्दिप कसौधनको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेल, लियो जिल्ला परिषद् ३२५ बि टु नेपालका अध्यक्ष अनिष लामिझाने , उपाध्यक्ष एम.डी. न्यौपाने , कोषाध्यक्ष गोबिन्द बन्जाडे, एरिया चिफ सुमन अधिकारी, बुटवलका बिभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीहरु, लियो क्लबका पुर्व अध्यक्षहरु महेश खनाल, हिमालय भुषाल लगायतले बोल्दै यस्ता तालीमले युवाहरुको क्षमताबृद्धिसगै आत्मबिश्वास पनी बढ्ने बताएका थिए । क्लबका अध्यक्ष रमेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन क्लबका सचिब मनिष श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य राहुल बर्माको रहेको थियो ।

 
 
  
 

You may also like