१,६०६ ले जिते कोरोना, २,९०५ नयाँ थपिए, १८ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १,६०६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २,९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा २,९०५ जनामा संक्रमण पुष्टि भएको हो । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८,१०८ जना पिअिसार परीक्षण गर्दा २,०१० र ४,९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमित पत्ता लाग्ने दर १९.२ प्रतिशत छ । हालसम्म पिसिआर र एन्जिजेन परीक्षण गर्दा ७ लाख ६,७६१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९,४३० जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तीमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २,५४८ संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलसनमध्ये ५९९ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २९५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like