जब रेफ्रि नै गोल हान्न तम्सन्छन् तब चिन्ता हुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा जनादेशबाट आएको प्रधानमन्त्री परमादेशले विदा हुँदै गरेको बताएका छन् । सर्वोच्चको फैसलापछि मंगलबार देशवासीको नाममा संवोधन गर्दे उनले यसले आफूले रत्तिभर चिन्ता नलिएको बताए ।

‘जनादेशबाट प्रधानमन्त्री नियुक्ति भएर आएको हु,’ उनले भने, ‘सर्वोच्चको परमादेशबाट विदा हुँदैछु ।’ जनादेश आफ्नो पक्षमा भए पनि परमादेश शेरबहादुर देउवाको पक्षमा रहेको उनको भनाई थियो ।

त्यस्तै उनले खेलमा खेलाडीले खेल्दा राम्रो हुने रेफ्रिले खेल्ला नियम बिग्रने चिन्ता व्यक्त गरे । ‘खेलाडीले गोल गरेको सामान्य हो, ‘उनले भने, ‘जब रेफ्रिले गोल हान्न तम्सन्छन् तब चिन्ता हुन्छ ।’

 
 
  
 

You may also like