अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

सिरहा। अटोमेटिक पेस्तोलसहित सिरहामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव छन् ।

गोलबजार नगरपालिका–९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

 
 
  
 

You may also like