योगेश भट्टराईले गरे सर्वोच्चको आदेशको स्वागत

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको फैसलाकाको स्वागत गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत फैसलाको स्वाागत गरेका हुन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु ।’

बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न पनि उनले आग्रह गरेका छन् ।

हिजो भएको १० बुँदे सहमतिलाई ईमन्दारिताका साथ कार्यान्वयन गर्दै नेकपा एमाले सांसदभित्र र बाहिर पनि एक ढिक्का रहने उनले विश्वास व्यक्त गरेका छन् ।

 
 
  
 

You may also like