सर्वोच्चले संविधानको रक्षा गर्‍यो, प्रतिगमनविरुद्धको लडाइँ सफल भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले गरेको अपेक्षा बमोजिम नै सर्वोच्च अदालतको फैसला आएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी सर्वोच्चको फैसला आएपछि अध्यक्ष दाहालले सर्वोच्चले संविधानको रक्षा गरिदिएको टिप्पणी गरेका हुन् । उनले अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको रक्षा भएको यसले कानुनी राज्यको संरक्षण गरेको बताए ।

‘लोकतन्त्र रक्षाको यो आन्दोलनमा सहभागी सबैलाई म धन्यवाद दिन्छु’, फैसलापछि संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष दाहालले भने, ‘प्रतिगमन परास्त गर्न गरेको लडाइँ सफल भएको छ ।’

 

 
 
  
 

You may also like