साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आउँदो साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।

यस्तै अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६ (५) मा ह्विप नलाग्ने पनि भनेको छ ।

 
 
  
 

You may also like