थप ३,४५१ ले जिते कोरोना, २,२९९ नयाँ थपिए, ३४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका भएका छन् । नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३,६०० जना संक्रमित निको भइसकेका छन् । यस्तै गएको २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,२९९ जनामा कोराना पुष्टि भएको हो ।

आज ३४ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाका कारण निधन हुनेको संख्या ९,१७९ पुगेको छ ।

 
 
  
 

You may also like