शंकरनगर वनवाटिकामा इ-लर्निङ एण्ड साइन्स थिएटर स्थापना

तिलोत्तमा ।तिलोत्तमा नगरपालिकाको शंकरनगर स्थित वनवाटिकामा यस क्षेत्रको लागि नयाँ ई—लर्निङ एण्ड साइन्स थिएटर स्थापना भएको छ । रोटरी क्लव अफ बुटवलले तिलोत्तमा नगरपालिका र शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा निर्माण गरेको थिएटरको नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गरेका छन् ।
विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटरले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण् थप बढाउने भएको छ । करिव १६ फूटको लम्बाई र झण्डै ९ फूट चौडाइको स्क्रिनिङ रहेको प्रोजेक्टमा ठूला ठूला सेमिनार, गोष्ठी, तालिमहरु सञ्चालन गर्न, विभिन्न खेलकूद प्रतियोगिताहरु अवलोकन गर्न र समग्र पृथ्वीको बारेमा समेत प्रविधिको माध्यमबाट अध्ययन अवलोकन गर्न उपयोगी हुने छ । क्लवले यो प्रविधि चाइनाबाट भित्र्याएको हो । यसबाट डिजिटल सिकाइका नयाँ प्लार्टफर्मको विकास समेत भएको क्लवका पुव
क्लवका अध्यक्ष सुनिल श्रेष्ठले करिव ४५ लाखको लागतमा यो प्रोजेक्ट स्थापना भएको बताए । आफ्नो कार्यकालमा चारवटा महत्वपूर्ण प्रोजेक्ट अगाडि सारेकोमा लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापना गर्ने भनिएको क्यान्सर स्क्रिनिंग सेन्टर र ब्लड कलेक्शन मोवाइल भ्यान छिटै नै सञ्चालनमा आउने पनि उनले बताए ।
थिएटरको उदघाटन गर्दै नगरप्रमुख घिमिरेले यसले युवा पुस्तामा नयाँ प्रविधिको समेत विकासमा सघाउ पुर्याउने भन्दै यसको सञ्चालनको लागि आगामी दिनमा नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताए । क्लवका एजी राजेन्द्र लम्सालले यसको स्थापनाले वनवाटिका प्रविधिमैत्री केन्द्र बनेको पनि उनले बताए ।
क्लवका पुर्व अध्यक्ष एवं वर्ष २०२३–२४ का डिष्टिक गभर्नर राजेन्द्र ध्वजूले ई—लर्निङ एण्ड साइन्स थिएटरको स्थापनाले प्रतिकूल अवस्थामा रहेको पर्यटन क्षेत्रलाई पनि चलायमान बनाउन सघाउ पुर्याउने बताए ।
कार्यक्रममा क्लवका एजी खिमानन्द भुसाल, शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष अध्यक्ष बेलप्रसाद शर्मा, क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुलीलगायतले ई—लर्निङ एण्ड साइन्स थिएटरको बारेमा आ आफ्नो धारणा राखेका थिए

 
 
  
 

You may also like