भारतमा घट्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ५१ हजारमा संक्रमण

नयाँदिल्ली । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमित हुनेको संख्यामा उल्लेख्य सुधार आइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३४ हजार ४४ पुगेको तथ्यांकमा उल्लेख छ । एजेन्सी

 
 
  
 

You may also like