नयाँ रुखहरु रोप्न चीन विश्वमै अघि

काठमाडौं । स्याटलाइटबाट लिइएका तस्बिरहरुको मूल्याङ्कनपछि सन् २००० देखि २०१७ का बीच नयाँ रुखहरु रोप्नमा विश्वभरबाट चीनको मात्र एकचौथाइ बढी योगदान रहेको पाइएको छ । बिहीबार सार्वजनिक यससम्बन्धी आधिकारिक कागजातमा नयाँ वृक्षारोपण गर्नमा चीन विश्वमै सबैभन्दा अगाडि रहेको उल्लेख गरिएको छ ।

त्यसै गरी कार्बनडाइअक्साइड उत्सर्जनमा पनि चीनले २००५ को तुलनामा २०२० मा ४८.४ प्रतिशत गिरावट ल्याएको पाइएको हो ।
यसले चीनको ग्रिनहाउस ग्यास उत्सर्जनमा कमी ल्याउने लक्ष्य पूरा भएको बताइएको छ । चीनले यसअघि ४० देखि ४५ प्रतिशतले उत्सर्जन कम गर्ने प्रतिबद्धता जनाएको थियो । सिजिटिएन

 

 
 
  
 

You may also like