व्यापार संघको शुभकामना कार्यक्रम

by समतल अनलाइन

बुटवल । चाड पर्वलाई सामाजिक सदभाव कायम गर्ने र आफ्ना मौलिक संस्कृतीको पचिान जोगाउने कुरामा सबै लाग्नु पर्ने बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

उनीहरुले चाड पर्व तथा धर्म संस्कृतिलाई समाजको सुसस्कृत बनाउने एक औजारका रुपमा विकास गर्दै फजुल खर्च र रुढीवादी परम्परा हटाएर अगाडी बढ्न आग्रह गरेका छन् । रुपन्देही व्यापार संघले विजया दशमी, शुभदिपावली तथा छठ पर्व–२०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले सो धारणा व्यक्त गरेका हुन । उनीहरुले पछिल्लो समयमा चाडपर्व भड्किलो बन्दै गएकोमा चिन्ता पनि व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवलउपमहानगरपलिकाका प्रमुख शिवराज सुवेदीले चाडपर्वलाई सबैको साझा थलो बनाउन आग्रह गरे । उनले चाडपर्वका वेलामा वजारमा हुने अभाव र मुल्यवृद्धिप्रति व्यवसायीहरु गम्भिर हुन सुझाव दिए । संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्ष्यता, सचिव दया भण्डारीको सञ्चालन तथा प्रथम उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेको स्वागतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्ष श्रीकृष्ण खरेल, सल्लाहाकार रोहितराज क्षेत्री, व्यवसायीक विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष उज्जवल कसजु रुपन्देही उद्योग संघका महासचिव कृष्ण प्रसाद पराजुली, ट्राफिक प्रहरी कार्यालयका डिएसपी रामप्रसाद शाहा र इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख भिमलाल भट्टराई लगायत बोलेका थिए ।

 
 
  
 

You may also like