खड्काद्वारा विपन्न परिवारलाई राहत वितरण

बुटवल । विश्वव्यापी कोभिड महामारीका कारण सबै क्षेत्र र वर्ग प्रभावित छन् ।

गरिब र बिपन्न वर्गलाई भने जिविकोपार्जन गर्न निकै गार्हो भएको छ । तर, त्यस्ता कैयौं वर्गलाई स्थानीय समाजसेवी वा मनकारीहरुको सहयोगले भौकै बस्नुपर्ने बाध्यता भने हटेको छ । यस्तै पाल्पा रैनादेवी –७ ढाबका विपन्न वर्गलाई सोही गाउँपालिकामा स्थायी बसाई भएकाद्वय ताराबहादुर खड्का र लता खड्काले संयुक्त रुपमा राहत प्रदान गरेका छन्।

मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीकी संयोजक रहेकी लता खड्का र उनका बुवा तारा बहादुर खड्काले लामो निषेद्याज्ञाका कारण जंगलको बीचमा रहेको बस्तीका बासिन्दालाई समस्या परेपछि आफ्नो निजी खर्चमा अत्यावश्यक खाद्यान्न सहयोग गरेका हुन् ।

अन्य समयमा पनि विभिन्न सेवाबाट बञ्चित रहेका विकट क्षेत्रका बासिन्दालाई हाल झनै समस्या परेको हुँदा सहयोग गरेको सहयोगी लता खड्काले बताइन् । उनले भनिन् ‘ जंगलको बीचमा बस्ती छ, त्यहाँ र त्यहाँका बासिन्दाप्रति खासै धेरैको ध्यान जाँदैन । विशेषगरी दलित समुदायको बाहुल्यता रहेको छ । हामी बुटवल बसेपनि स्थायी घर यतै हुँदा आएको बेला सक्दो सहयोग गरेका हौं ।’

बुवा र आफ्नो खर्चमा १९ परिवारलाई प्रति परिवार २५ किलो चामल ,दाल,सोबिन लगाएत अत्यावश्यक खाद्यान्नहरु सहयोग हस्तान्तरण गरेको खड्काले बताइन् । पाल्पाकै रैनादेवीमा जन्मघर भएका खड्काद्वय रुपन्देहीको बुटवल–३ मा बसोबास गर्दै आएका छन्। उनले एकान्त स्थानमा रहेको उक्त बस्तीमा वर्षायाममा पुलका कारण गाडीपनि नचल्ने हुँदा थप समस्या हुनसक्ने भन्दै गाउँपालिकालाई ध्यानकर्षण समेत गराएकी छन्।

 
 
  
 

You may also like