धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं,नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ढुङ्गानाविरुद्ध आयोगमा बुधबार उजुरी दर्ता भएको हो ।

उजुरी अनलाइनमार्फत सी–०३५०७४-२०७८–३–२ नम्बरमा दर्ता भएको स्रोतले जानकारी दिएको छ । अध्यक्ष ढुङ्गानाले शेयर बजारका ठूला लगानीकर्तासँग आर्थिक लाभ लिने–दिने गरेको आरोप उजुरीमा लगाइएको छ ।

लगानीकर्ताहरुको साँठगाँठमा नै मंगलबार शेयर बजारलाई तलमाथि गराउन बोर्डले विज्ञप्ति जारी गरेको उजुरीमा बताइएको छ । मंगलबार बोर्डले ५१ वटा कम्पनी जोखिमयुक्त भन्दै नाम नै सार्वजनिक गरेको थियो ।

उजुरीमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा निकै बाधक बनेको र त्यसबापत पनि आर्थिक लाभ लिएको आरोप लगाइएको छ । त्यसको छानबिनको माग उजुरीमा गरिएको छ ।

 
 
  
 

You may also like