गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री नेपाली तथा मन्त्रीद्वारा शपथ ग्रहण

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले हिजो साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।

प्रदेश प्रमुख पौडेलले हिजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र) की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिए ।

समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेश सभा सदस्यलगायतको उपस्थिति थियो ।

 

 
 
  
 

You may also like