जन्मदिनमा सामाजिक अभियान्ता अधिकारीद्धारा साहारा विहिनलाई सहयोग

बुटवल । जन्मदिनको अवसर पारेर सामाजिक अभियान्ता तथा संचारकर्मी थानेश्वर अधिकारीले विपन्न साहरा विहिन परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
जन्मदिनका अवसरमा बाणगंगा नगरपालिका ६ मा विगत २० वर्षदेखि रुखमुनी बस्दै आएकी घर परिवार विहिन ज्ञानी थारु, सडक मानव तथा लोपउन्मुख कुसुन्डा परिवार, फरक क्षमता भएका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
पछिल्लो समय तामधामका साथ फजुल खर्च गरेर मनाईने जन्मदिनले प्रसय पाईरहेको वेला समाज रुपान्तरणका लागि बेसाहरा परिवारलाई राहत वितरण गर्दा सकरात्मक सन्देश प्रवाह हुने अधिकारीले बताए ।
राहत पाएपछी विपन्न परिवारमा खुसियाली छाएको थियो ।
रुख मुनी बस्दै आएकी थारु मानसिक रुपमा कमजोर छिन् उनको खाने बस्ने ठेगान नै छैन् । अर्का मानसिक सन्तुलन गुमाएर सडकमा बेसाहरा बनेका युवा पनी धेरै दिन देखि खान पाएका थिएनन् । सोहि वडामा बस्दै आएका लोपउन्मुख कुसुण्डा गुञ्ज बहादुर शाहीको परिवारमा निधेषाज्ञा पछी खाद्यान्न संकट झेल्दै आएको बताए । उनले अव केहि दिन पछी राहतका लागि नगरपालिकामा माग गर्न जाने बताए । जित बहादुर दमाई जो वृद्ध छन् उनिहरु पनी साहरा विहिन छन् । यस्ता विपन्न गरिवार तथा साहरा विहिन परिवारलाई जन्मदिनको अवसर पारेर केहि राहत वितरण गर्दा पाउँदा आफुलाई खुसी लागेको अधिकारी बताउँछन् । अधिकारी आम नेपाली टेलिभिजन, रेडियो मायादेवी लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक, नेपाल पत्रकार महासंघ कपिलवस्तुका प्रदेश पार्सद लगाएत आधा दर्जन मिडियामा कार्यरत छन् । सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत अधिकारी बिगत २ बर्ष देखी कोभिड १९ हिरो आवार्ड बाट सम्मानित भएका छन् । करिव २ दर्जन जति संस्थामा आवद्ध उनी सामाजिक अभियान्ताका रुपमा समेत परिचित छन् ।

 
 
  
 

You may also like