गीतकार दिनेश खड्काले ल्याए ‘उज्यालो’ (भिडियाे सहित)

बुटवल। मानिसमा सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्ने उद्धेश्यका साथ गीतकार दिनेश खड्काले ‘उज्यालो’ नामक गीत ल्याउनुभएको छ ।

नेपालीहरुले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छन् र त्यसका लागि अझ संगीतले शक्ति थपोस् भनेर गीत ल्याइएको गीतकार खड्काले बताउनुभयो । अहिले कोरोनाका कारण आफन्त तथा प्रियजन गुमाउन परिरहेको विकराल अवस्थामा मानिसमा उर्जा भर्न तथा अन्य समयमा समेत शब्द–संगीतको माध्यमबाट मानिसमा आशा जगाउन सकियोस् भनेर नै गीत तयार पारेको उहाँको भनाई छ ।

गीतमा संगीतकार बिजय सापकोटाले संगीत संयोजन गर्नुभएको छ । उहाँले नेपालीमा आत्मबल बढाउन संगीत महत्वपूर्ण माध्यम बन्न सकोस् भन्ने विस्वास व्यक्त गर्नुभयो ।
गीतमा प्रिया भण्डारी, बिजय सापकोटा र किशोर थापाको स्वर रहेको छ । यूफोनिक स्टुडियोले तयार गरेको गीतको अडियो रेकर्ड तथा सम्पादन नरेश पाण्डेले गर्नुभएको छ ।

लाईफ एजुकेशनको प्रस्तुती रहेको म्यूजिक भिडियो भने गीतकार खड्काको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गर्नुभएको हो । एक महिला अगाडी समेत गीतकार खड्काले कोरोनामा सचेतना जगाउने ‘खुसीको गीत’ निकाल्नुभएको थियो । लामो समयदेखि सञ्चार माध्यम र शिक्षण पेसामा आवद्ध गीतकार खड्का उत्प्रेरणात्मक वक्ता तथा प्रशिक्षक समेत हुनुहुन्छ ।

भिडियाे:

 
 
  
 

You may also like