थप ६,२९५ ले जिते कोरोना, ३,३८४ नयाँ थपिए, ६१ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,२९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । शुक्रबार ५,२२५ जना निको भएका थिए ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार १५ हजार १८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ७५० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ । शुक्रबार ६७ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ । केही दिनयता कोरोना परीक्षण घटेको छ । जसले गर्दा कोरोना संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

 

 
 
  
 

You may also like