उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय

बुटवल। नेपाल पत्रकर महासंघ रुपन्देहीले बरिष्ठ पत्रकार नारायण सापकोटारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ पत्रकार अनलाईनखवरका बरिष्ठ संवाददाता टोपराज शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेकोसचिवालय बैठकले उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार मूल्यांकन समितिले पुरस्कारकालागि पत्रकार शर्मालाई गरेको सिफारिशलाई अनुमोदन गरेको हो ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहेका थिए । प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरणदिवसका दिन प्रदान गरिने यो पुरस्कार कोरोना महामारीका कारण यो वर्ष पछि वितरणगरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए ।

वातावरणका बिषयमा पत्रकारलाईप्रेरित गर्न भैरहवा निवासि पत्रकार सापकोटाले पुरस्कार स्थापना गरेका हुन । पुरस्कारकोराशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।

 
 
  
 

You may also like