तिलोत्तमाको समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदाय स्तरमा निशुल्क कोरोना परिक्षण शुरु गरेको छ।

वडा नं. १३ र १६ मा समुदायस्तरमा गरिएको निःशुल्क कोरोना परीक्षणको क्रममा वडा नं. १३ मा ५७ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको छ भने वडा नं. १६ मा ६४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

सो निःशुल्क कोरोना परीक्षण अन्तर्गत् भोली जेष्ठ २० गते वडा नं. १२ र १४ मा परीक्षण हुँदैछ । कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा काभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएकाहरुलाई परीक्षण गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

कोरोना महामारी न्यूनीकरणको लागि सबै जनाले आ आफ्नो स्थानबाट स्वास्थ्य सुरक्षाका मापदण्डको कडाईका साथ परिपालना गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।

 
 
  
 

You may also like