स्थापना दिवसमा शान्ति समाजद्वारा खाद्यान्न बितरण

बुटवल । मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । समाजले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामिहरु तथा स्वास्थ्यकर्मीहरु गरि १५५ जनालाई खाजा खुबाएको छ । यस्तै समाजले तिलाेत्तमा मंगलापुरमा रहेकाे सृजनसिल संस्थाकाे बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७ हजार बराबरको सहयोग गरेको हाे ।

कार्यक्रममा समाजका केन्द्रीय सभापति गोबिन्द खनाल, सचिव मिना ढकाल, पूर्व सभापति हरिष ढकाल,रुपन्देहीका सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली, सहसचिव कृष्ण पाण्डे, अभियान्ता रिता केसी लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like