६० देखि ६४ वर्षका नागरिकलाई चिनियाँ भेरोसेल खोप दिइने

काठमाडौं। चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप दिइन लागिएको हो ।

तोकिएको केन्द्रमा खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ । खोपको वितरण गर्दा दोस्रो मात्राको पनि सुनिश्चितता हुनेगरी व्यवस्था गरिएको मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । पछिल्लो पटक चीनले अनुदानमा दिएको १० लाख डोजमध्ये मंगलबार ९ लाख डोज नेपाल ल्याइसकिएको छ ।

 

 
 
  
 

You may also like