एनआईसी एशिया बैंकका खाता कनेक्ट आईपीएसमार्फत अनलाइन भेरिफाइ गर्न सकिने

काठमाडौ। एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफै भेरिफाइ गर्न सकिने सुविधा ल्याएको छ ।

अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने जनाइएको छ ।

अनलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन दुई लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरिफाइ गराउनु पर्ने जनाइएको छ ।

 
 
  
 

You may also like