सानिमा बैंकको मोबाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा पनि

काठमाडौं। सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट रेमिट्यान्स पनि गर्न पाइने भएको छ । जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्ने छन् ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिने छ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिने जनाइएको छ ।

 
 
  
 

You may also like