नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर बयलगाढामा चढाई विरोध प्रदर्शन

बुटवल ।नेपाल विद्यार्थी संघका नेताले सरकारको सांकेतीक विरोध गरेका छन् । उनीहरुले आज बुटवलको तामनगरमा राष्ट्रपति र प्रधानमन्त्रिको तस्बिरलाई बयलगाढामा चढाई विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रि केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गएजस्तै हो भनी दिएको टिप्पणीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको नेविसंघका नेता सुदिप शर्माले बताए ।

उनले संविधान विपरित काम गर्ने प्रधानमन्त्रि र उनलाई साथ दिने राष्ट्रपतिले कोरोना महामारीका बीचमा समेत नागरिकको स्वास्थ्य भन्दा राजनितीक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरित काम गरेको भन्दै नागरिकको मन जित्न नसक्ने सरकार नचाहीने बताए । उनीहरुले प्रदर्शनसंगै प्रधानमन्त्रि र राष्ट्रपतिको राजिनामाको समेत माग गरेका थिए ।

प्रदर्शनमा नेविसंघका शर्मासंगै मनिष श्रेष्ठ, सुजु घले, नारायण पोखरेल, अमृत भण्डारी, सुमन गुरुङ, लक्ष्मण न्यौपाने, सुन्दर अर्याल, सृजना गरी, सागर घिमिरे, दीपक घिमिरे, सुरज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like