अनुदान बजेटमा पनि नमुना बन्यो तिलोत्तमा , पायो देशभरमै ठुलो बजेट

बुटवल । अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रुपन्देहीका स्थानिय तहहरुको लागि ६ अरब ८२ करोड ९० लाख रुपैया विनियोजन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट अनुसार जिल्लाका १६ वटा पालिकाको लागि चालु तर्फ ५ अरब ९५ करोड २५ लाख रुपैया र पुजिगत तर्फ ८७ करोड ६५ लाख रुपैया छुट्याइएको हो ।

जिल्लामा सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाले ८३ करोड ३७ लाख रुपैया अनुदान पाएको छ । तिलोत्तमाले देशभरकै नगरपालिका (महानगर र उपमहानगर बाहेक) मध्ये सबै भन्दा बढी अनुदान पाएको हो । नगरपालिकाको लागि चालु तर्फ ६३ करोड ३९ लाख र पुजिगत तर्फ १९ करोड ९८ लाख रुपैया छुट्याइएको छ । समानीकरण अनुदान तर्फ २५ करोड ४२ लाख रुपैया, ससर्त तर्फ ५४ करोड ९५ लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक तर्फ ५१ लख रुपैया विनियोजन भएको छ ।

तिलोत्तमा पछि बुटवल उपमहानगरपालिकाले ७८ करोड ९७ लाख रुपैया पाउने भएको छ । चालु तर्फ ७० करोड ४३ लाख र ८ करोड ५४ लाख रुपैया अनुदान उपमहानगरलाई छुट्याइएको हो । उपमहानगरले समानिकरण तर्फ ३३ करोड ३३ लाख, ससर्त तर्फ ४० करोड ७३ लाख र समपुरक तर्फ ४ करोड ८१ लाख रुपैया पाउने छ । बुटवलको लागि विशेष अनुदान भने उल्लेख छैन।

जिल्लाका अन्य स्थानिय तहहरुमा देबदह नगरपालिकाले ४२ करोड ६० लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख र सैनामैना नगरपालिकाले ४२ करोड ६५ लाख रुपैया पाउने भएका छन् । रुपन्देहीका गाउँपालिका मध्ये सबै भन्दा धेरै सियारी गाउँपालिकाको लागि ३८ करोड ५० लाख बजेट छुट्याइएको छ । त्यस्तै मायादेवीको लागि ३५ करोड ८८ लाख, रोहिणीको लागि ३४ करोड १९ लाख, कञ्चनको लागि ३३ करोड ७५ लाख, गैडहवाको लागि ३२ करोड ७८ लाख, सम्मरीमाइको लागि ३२ करोड ७५ लाख, शुद्धोधनको लागि ३१ करोड ४३ लाख रुपैया विनियोजन गरिएको छ । मर्चवारीको लागि ३० करोड ९५ लाख, कोटयीमाइको लागि २८ करोड ९० लाख र ओमसतियाको लागि २८ करोड ६० लाख रुपैया छुट्टिएको छ ।

कुन पालिकालाई के शिर्षकमा कति अनुदान

 
 
  
 

You may also like