रुपन्देहीमा निको हुनेको संख्या ३०३ जना , थप ५१ जना संक्रमित,५ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३१३ जनाको कोरोना टेस्ट गर्दा जम्मा ५१ जना मात्र संक्रमण पुष्टि भएको हो ।

जिल्लामा पछिल्लो २४ घन्टामा निको हुनेको संख्या ३०३ जना पुगेको छ । रुपन्देहीमा हाल सम्म संक्रमित हुनेको संख्या २६ हजार ३१९ जना पुगेको छ भने २२ हजार ७६२ जना निको भएका छन् छन् । हालसम्म रुपन्देहीमा ४२१ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like