बजेटबारे डा. भट्टराईको टिप्पणी : नहुने चुनावको ‘एमाले घोषणापत्र’

काठमाडौं । जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८–०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’ को संज्ञा दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन् ।

पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईले टिप्प्णी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बजेटमा आफ्नो गृह जिल्ला गोरखाका लागि कुनै कार्यक्रम नराखिएको गुनासो पनि गरेका छन् ।

‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सीधासादा मतदातालाई ललिपप बाँडेको देखियो,’ शनिबार राति सामाजिक सञ्जालमा डा. भट्टराईले लेखेका छन्, ‘पपुलिजममा पनि खासै सिर्जनात्मकता देखिएन । उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उम्मेदवार नउठाउने बुझियो !’

 
 
  
 

You may also like