नेपालमा कोभिड संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्न थालेको छ । शनिबार चार हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ हजार ८० जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा संक्रमणको कारण एक सय १६ जनाले ज्यान गुमाएका छन् । शनिबार थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ५३ हजार चार सय २२ पुगेको छ । त्यसैगरी चार लाख ३४ हजार ७५० जना निको भएका छन् ।

शनिबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार १६३ पुगेको छ । हाज देशभर सक्रिय सङ्क्रमितको संख्या एक लाख ११ हजार ५०९ छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जनाको उपचार भइरहेको छ ।

 

 
 
  
 

You may also like