यो मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च हो : डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च मात्र भएको बताएका छन् ।

शुक्रबार राति संसद् भङ्ग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका हुन् ।

‘भित्री–बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र–सेटिङ्गमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक–असंवैधानिक–प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म !’ उनले ट्वीटरमा लेखेका छन् ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’

 
 
  
 

You may also like