ओलीको प्रतिगामी कदमको भण्डाफोर गरौं : युवराज ज्ञवाली

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई पुनः प्रतिगमनतिर डोर्‍याएको टिप्पणी गरेका छन् । मध्यरात संसद् विघटन गर्दै मुलुकलाई अर्ली इलेक्सनतिर लगेको भन्दै उनले आक्रोश पोखेका हुन् ।

‘प्रधानमन्त्री ओली प्रतिगमनको दिशातिर जाँदैछन् । उनको पहिलो कदम अदालतले रोकिदिएको थियो । पुनः त्यो कदम ठिक थियो भन्ने पार्न संसद् विघटन गरेका छन् । नेपाली जनता सबै मिलेर यसको भण्डाफोर गर्नुपर्छ’, उनले भने ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा यो भइरहेकाले यस कमदलाई कुनै हालतमा साथ दिन नहुने बताए । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर लानुभएको थियो । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न सकेको भए अर्को प्रक्रियामा जानै पर्दैनथ्यो नि । यो हाकाहाकी संविधान मिच्ने, लोकतन्त्र उल्ट्याउने काम भइरहेको छ । यो कदमको जुनसुकै शब्दमा निन्दा गरे पनि कम हुन्छ’, उनले भनेका छन् ।

 
 
  
 

You may also like