राष्ट्रपतिको गैरसंवैधानिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वतिर लग्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको बताए । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो ।’

कोइरालाले यो घटनाले देशलाई कहालीलाग्दो द्वन्द्वमा लैजाने निश्चित भएको टिप्पणी गरे । ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको छ । संविधानलाई समाप्त गर्ने काम भएको छ । राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन,’ उनले भनेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको विपक्षी दलहरुले चर्को विरोध भइरहेको छ ।

 
 
  
 

You may also like