कांग्रेस प्रवक्ताको कडा चेतावनी : महाव्याधीका बेला मध्यावधिको रङ्गीन सपना महँगो पर्नेछ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महँगो पर्ने बताएका छन् । प्रवक्ता शर्माले ट्वीटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिङ्गो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रङ्गीन सपना महँगो पर्नेछ ।’ उनले संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिए । उनले थप लेखेका छन्, ‘महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि । इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ।

जनताको र लोकतन्त्रको अघि हुने भन्दै संविधानलाई पुनर्जीवन दिइने पनि दावी गरेका छन् । ‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ,’ शर्माले भने । शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा शर्माले यस्तो प्रक्रिया आएको हो ।

 
 
  
 

You may also like