२०७८ जेठ ८ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । पारिवारिक सुख पनि मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यक्तिगत कार्यमा सफलता मिल्ने छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । चिन्ता हटेर मन हलुका हुनेछ । घरायसी मनोरञ्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्ने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आर्थिक संकटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्ला । प्रेममा बाधाका साथै मन कमजोर रहनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट भने सहयोग मिल्ने छ, तर स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कहींकतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पुरा होला । प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुशीका निम्ति केही खर्च हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सामाजिक कार्यमा सफलता मिल्ने छ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम प्रसङ्गमा रमाइलोपन आउने छ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like