ओलीको पनि प्रधानमन्त्रीमा दावी

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमतको आधार पेस गर्दै पदमा दाबी गर्न शीतलनिवास पुगेका छन् ।
संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न ओली पनि पुगेका हुन् । विपक्षी गठबन्धनभन्दा अघि उनी शीतलनिवासमा पुगेका हुन् ।

ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो समूहको समर्थन रहेको आधार प्रस्तुत गरेका छन् । यो प्रक्रिया आरम्भ भएलगत्तै ओली महन्थ ठाकुर र राजेन्द्र महतोसहित बिहीबार राति ११ बजे शितलनिवास पुगेका थिए ।

यता विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दावी गर्दै शीतलनिवास पुगेका छन् । १४९ सांसदको हस्ताक्षरसहित देउवा शीतलनिवास पुगेका हुन् ।

 

 
 
  
 

You may also like