स्मरण क्षमता बढाउने प्रभावकारी काइदा, यी हुन् ८ तरिका

हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ ।

सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ?

यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

व्यायाम

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो ।

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।

यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ ।

यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।

साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।

अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

 
 
  
 

You may also like