२०७८ जेठ ४ गते मंगलबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्तित्वको भेटघाटले मन प्रसन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्त र बन्धु बान्धवबाट सहयोग मिल्ने छ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । राजनैतिक क्षेत्र कमजोर नै होला । चुनौतीको सामना र स्वास्थ्यमा समस्या आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । प्रशासनिक र राजनैतिक कार्यमा सफलता मिल्ने छ । साँझमा भने खर्च बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन् । आर्थिक कारोबारमा मन्दी आउने छ । पेटसम्बन्धी समस्याका आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्र भने कमजोर नै रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्न क्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक सुख र स्वादिष्ट परिकारको अवसर मिल्ने छ । अनावश्यक बाहिर ननिस्केकै जाती ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कलासाहित्य तथा संगीतमा रुची बढ्ने छ । शुभकार्य र नयाँ कार्यको योजना बन्ने छ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्यप्रति गम्भीर रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । शैक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममा पनि सफलता पाइनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like