विवाहको भीडले गाउँभर कोरोना

बर्दिवास । विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास–५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए ।

घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए । ‘कोराना संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनु भएको छ ।’ उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 

 
 
  
 

You may also like