युनिभर्सल मेडिकल कलेजले भन्यो – ४ बजेसम्म मात्र अक्सिजन दिन सक्छौ !

भैरहवा । भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले बुधबार ४ बजे सम्म मात्र उपचार गर्ने भएको छ । कोभिड–१९ बाट संक्रमित भई अक्सिजन उपचारमा रहेका विरामीहरुका लागि अतिआवश्यक रहेको अक्सिजन आपूर्ति नभएको भन्दै बैशाख २९ गते आज ३ बजे देखि ४ बजे सम्म मात्र अक्सिजन उपचार दिने सकिने भएको हो ।

अस्पतालले विज्ञप्ती जारी गर्दै दैनिक ७०० वढी सिलिण्डर माग रहेको अस्पतालमा यस जिल्लामा रहेका ३ वटै अक्सिजन प्लान्ट र अन्य जिल्लाहरुबाट समेत अक्सिजन आपूर्तिमा कठिनाई भएको भन्दै उपचाररत विरामी पक्षले आ आफ्नो व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

 

 
 
  
 

You may also like