स्वतन्त्र विद्यार्थी संघ द्वारा बुटवल बहुमुखी क्यापस प्रमुखको कार्यकक्षमा लगाएको ताला फोडियो

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल । नेपाली कांग्रेसको भाृत संगठन नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्यापस प्रमुखको कार्यकक्षमा लगाएको ताला स्वतन्त्र विद्यार्थीहरूले फोडेका छन् ।

तालाबन्दी गरेर विद्यार्थीहरुकाे पढाइमा डिस्टब गर्न कुनैपनि संगठनले नहुने भन्दै घाेर भर्सनाका साथ ताला खाेलेका छन ।

तालाबन्दी को बिरोध गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले यस्ता घटनाहरू नघटाउन आग्रह गर्दै यस्ता अराजक गतिविधि पुन: गरेर बिद्यार्थीको नियमित पठनपाठनमा अबरोध नगर्न आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा एैक्यबद्दता जनाउँदै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले बुटवल बहुमुखी क्यापसमा अराजक गतिविधि नगर्न आग्रह गरेका छन् । विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरि राजनीति नगर्न समेत आग्रह गरेको छ ।

क्याम्पस प्रशासनले भर्ना प्रक्रियामा यदि त्यस्तो कुनै कमि कमजोरी गरेको भए त्यसलाई तुरुन्त सच्याउन माग गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् । आगामी दिनमा पनि क्याम्पसमा यस्ता अराजक गतिविधि भएमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी पछि नहट्ने अनेरास्ववियुका नेता नवीन थापा सारू र भरत अर्यालले जानकारी दिए ।

 
 
  
 

You may also like